
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अवैध होर्डिङ बोर्ड र विज्ञापन हटाउने भएको छ । बिहीबार महानगरले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।
अवैध संरचना हटाउँदै गरेको महानगरले काठमाडौंको सडक छेउछाउमा होर्डिङ बोर्डको संख्या वृद्धि हुँदै गएकोले यस्तो कदम चालेको हो । काठमाडौंको कालीमाटी, कलंकी, कोटेश्वर, जडिबुटी लगायतका ठाउँमा पनि होर्डिङ बोर्ड सञ्चालनमा ल्याइएको छ । महानगरले सबैभन्दा ठूलो मानिएको वर्ल्ड ट्रेड सेन्टरबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij