Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

२४ सहसचिवको सरूवा

२४ सहसचिवको सरूवा

  • काठमाडौँ । सरकारले संघ तथा प्रदेश तहका २४ जना सहसचिवको सरूवा गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको हो।

    images
    images
    images

    निर्णयअनुसार सहसचिव अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सरूवा गरिएको छ।

    images

    त्यस्तै, झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट संघको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरूवा गरिएको छ।

    यस्तै विदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, केशवप्रसाद विमलीलाई प्रदेश नीति तथा योजना आयोग जनकपुरधामबाट श्रम मन्त्रालयमा, नारायणप्रसाद सापकोटालाई सामान्य प्रशासन मन्त्रालयबाट भरतपुर महानगरपालिकामा, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट महिला मन्त्रालय लुम्बिनी प्रदेशमा लगायत गरी बैठकले २४ सहसचिवको सरूवा गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij