
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजामा रहेको अन्डर ग्राउण्ड पार्किङमा बनेका संरचना काठमाडौं महानगरपालिकाले भत्काउने काम सुरू गरेको छ।सडक छेउमा भएका सटरहरू भत्काएर पार्किङमा छिर्ने बाटो खोलिएको छ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर पसल र अन्य संरचना बनाइएको भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो। सो सूचनालाई अटेरी गरेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र शाह प्रहरीसहित सोमबार बानेश्वर पुगेका हु्न।
नगर प्रहरीको सहायता लिएर अहिले संरचना भत्काउने काम भइरहेको छ। नगर प्रमुख बालेन्द्र शाह आफैं उपस्थित भएर नयाँ बानेश्वर क्षेत्रमा बिहान १० बजेबाट संरचना भत्काउन सुरु गरेका हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij