
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । एक पछि अर्काे सहकारी भाग्ने क्रम सेलाउन नपाउँदै काठमाडौंको अर्को एक सहकारी ६ महिनादेखि बेपत्ता भएको छ । बौद्ध टुसालमा अवस्थित अक्षता बचत तथा ऋण सहकारीका सञ्चालक ६ महिनादेखि सम्पर्कविहीन भएका छन् ।
सहकारी बन्द भएपछि आफूले बचत रकम निकाल्न नपाएको डम्बरबहादुर राईले बताए । उनले भने, ‘हामीले ६ महिनाअघि आफ्नो बचत रकम झिक्न चाहेका थियौं । तर, केन्द्रीय कार्यलय नै बन्द भएको छ । बेलाबेला कार्यालय गएर हेरेपनि ६ महिनादेखि अध्यक्ष निमा लामा र सहकारीका सुपरभाइजर ६ महिनादेखि सम्पर्कविहीन भएका छन् ।
अक्षता बचत तथा ऋण सहकारी संस्था बन्द भएकोमा कुनै जानकारी नभएको सहकारी विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij