
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ। नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापनका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो ।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि यसअघिको समझदारीमा देखिएका नीतिगत र व्यावहारिक कमजोरी हटाई छिटो नेपाली श्रमिक जापान पठाउने सहमति भएको जनाइएको छ ।
समितिको बैठकमा नेपाल पक्षको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नुभएको थियो भने जापान टोलीको नेतृत्व सहायक उपमन्त्री चोसुमो नाकागावाले गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij