Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीको लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन् ।

    images
    images
    images

    पक्राउ मध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको

    images

    आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई ललितपुर, ललितपुर महानगरपालिका २ बाट सिर्जनालाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij