
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौं । मधेश प्रदेशमा भोली (शुक्रबार) सार्वजनिक विदा दिइएको छ । मुस्लिम धर्मावलम्बिहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेश सरकारले प्रदेशभरी विदा दिएको छ ।
मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक विदा रहेको जानकारी दिएका छन् ।
२०८१ चैत्र २२ गत्तेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा बमोजिम भोली (शुक्रबार) विदा दिइएको सुचनामा उल्लेख रहेको छ ।
प्रदेश सरकार गठन भएदेखि मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा विदा दिँइदै आइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij