
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । राना थारुहरूको मुख्य चाड सामनको डोला अर्थात मौलिक तिज पर्वको अवसरमा जिल्लाका ८ स्थानीय तहले सार्वजनिक विदा दिएको छ ।
कन्चनपुरका भीमदत्त, पुर्नवास, वेदकोट, शुक्लाफाँटा, बेलौरी, कृष्णपुर नगरपालिका गरी ६ वटा नगरपालिका र बेलडाडी र लाल झाडी गाउँपालिका गरी ८ स्थानीय तहले आज सार्वजनिक विदा दिएको हो । त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिकाले पनि राना थारु समुदायलाई बिदा दिइएको मेयर गोपाल हमालले पालिका खबरलाई जानकारी दिए ।
राना थारुको महान पर्व तीजको उपलक्ष्यमा खेलिने सामनको डोला (पिङ्ग) को छुट्टै महत्त्व छ । साउन महिनाको सुरुमै डोला राख्ने गर्छन् । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ ।
पिङमा दिदीबहिनी खेल्छन् भने दाजुभाइले गीत गाएर उत्साह थप्छन् । यसबाट दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता बढ्ने विश्वास गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij