
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका– १ बुलबुलेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान सुर्खेतबाट मुगु जाँदै गरेको लु-१ज ३७३४ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मुगुको छायाँनाथ–रारा नगरपालिकाका दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए। उनका अनुसार दुर्घटनामा जिपचालक दलबहादुर बुढा गम्भीर घाइते भएका छन्। थप उपचारका लागि बुढालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij