
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट बेचबिखन भएका २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिवपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।
उद्धार गरिएका मध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
उनले मानव बेचबिखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij