Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • काठमाडौँ । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गगत झापाको कमल गाउँपालिका ५ पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको वाग्मती प्रदेश–०३–००१ क २१२ नम्बरको टिपरले साइकल यात्रीलाई ठक्कर दिएको हो । टिपरको ठक्करबाट तुम्बेवा गाउँपालिका–५ पाँचथरका १६ वर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिँदा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    images
    images
    images

    सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । इनरुवाबाट लौकही तर्फ जाँदै गरेको भारतीय स्कारपियोले विपरित दिशाबाट आउँदै ना।६३ प।४०७५ नम्बरको मोटरसाइकललाई टक्कर दिएको हो । मोटरसाइकल चालक बर्दिबास नगरपालिका–६ धनुषाका ३० वर्षीय बालकृष्ण राना मगरको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    दुवै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij