Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ

  • काठमाडौँ । कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका–३ काडे घर भएकी ४० वर्षीया मालती मल्ल (सेठ्ठी) र सोही नगरपालिका–२ जोसिना घर भएका २९ वर्षीय मोहन सार्की रहेका छन् । 

    images
    images
    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित धानबारीमा उनीहरूले उक्त छाला लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
    यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij