Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री शेरचन

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ: मुख्यमन्त्री शेरचन

  • कास्की । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु ९गुरुङ० समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार÷ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

    images
    images
    images

    प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार÷ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

    तमु समुदायले ल्होसार÷ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । च्यू ल्हो ९मुसा वर्ग०को बिदाइ र ल्वों ल्हो ९गाई वर्ग०को आगमनको खुशीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् ।
     
    यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij