
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव-नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।
संसद विघटनपछि सरकारविरुद्ध आन्दोलन गरिरहेको उक्त समूहले थप रणनीति तय गर्न बुधवार (आज) दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बोलाएको हो ।
आजको बैठकमा उक्त समूहका उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरुको उपस्थिती रहने स्रोतले जनाएको छ ।
त्यस्तै ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने बताइएको छ ।
गत बिहीवार बसेको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात संसद विघटन गरेको विरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij