Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

२ महिनादेखि बेपत्ता बालकको शव भेटियो

२ महिनादेखि बेपत्ता बालकको शव भेटियो

  • काठमाडौँ । गत जेठ १४ गतेदेखि बेपत्ता भएका एक बालकको अस्थिपन्जर भेटिएको छ । जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको झण्डै २ महिनापछि अस्थिपञ्जर भेटिएको हो ।

    images
    images
    images

    गाइवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट बेपत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नगरपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो । अस्थिपञ्जरसँग रहेको उनको कपडाको आधारमा शवको पहिचान गरिएको हो ।

    images

    घाँस काट्न गएका महिलाहहरूले बालकको अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङगानाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij