
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरेरनगरेको जाँच गर्न थालेको हो ।
प्राविधिक टोलीसहित टी.एच.सी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । उक्त अभियान निरन्तर सञ्चालन गरिने कार्यालय जानकारी दिएको छ ।
शंकास्पद चालकहरुको पिसाबमार्फत लागूपदार्थ सेवनको जाँच हुने गरेको छ । गाँजादेखि सबै खालका लागू औषधको सेवनलाई जाँचबाट पत्ता लाग्नेछ । ट्राफिक प्रहरीले अहिलेसम्म मादक पदार्थ सेवन (मापसे)को मात्रै जाँच गर्दै आएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij