
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिनुभएको हो । आयुक्त थपलियाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति तय नभए पनि आयोगले आन्तरिक तयारी थालिसकेको बताउनुभयो ।
आयुक्त थपलियाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij