Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध लगाउने

भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रतिबन्ध लगाउने

  • काठमाडौँ । सरकारले भाद्र १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक प्रयोग तथा बिक्री गर्न प्रतिबन्ध लगाउने भएको छ ।  ४० माइक्रोन भन्दा कम पातला प्लाष्टिक झोला  कोभिड-१९ महामारीपछि अनुगमनमा केही खुकुलो भएकाले बिक्री वितरणमा वृद्धि भएकाले रोक लगाउने भएको हो ।  

    images
    images
    images

    ४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोलाले वातावरणमा प्रतिकुल असर परेको जथाभावी फाल्दा खोला तथा नदीमा फोहोर जम्मा हुने गरेको छ । ढल निकासमा अवरोध भएकाले प्लाष्टिकको बिक्री वितरणमा रोक लगाइएको वातावरण विभागले जनाएको छ ।

    images

    पातलो प्लाष्टिक झोला उत्पादन , आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाइको साथ अनुगमन गरिने विभागले जनाएको छ । विभागले जारी गरेको सूचनामा लेखिएको छ, अनुगमनको समयमा नेपाल सरकारको निर्णय विपरीतका कार्य भएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुने छ ।

    २०७८ असोज १९ गतेको नेपाल राजपत्रमा ४० माइक्रोन भन्दा कम पातलो प्लाष्टिक झोला प्रयोग गर्न नपाउने व्यवस्था उल्लेख छ । २०७८ माघ १७ गतेको मन्त्रीपरिषदको बैठकले प्लाष्टिक झोला प्रतिबन्ध कार्ययोजना स्वीकृत गरेको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij