Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बुदोकैदो नेपाली मार्सल आर्ट

बुदोकैदो नेपाली मार्सल आर्ट

  • कृषि प्रधान देश भएतापनि कृषियोग्य जमिनहरुमा ठूला ठूला महल बन्ने क्रम बढ्दो छ । स्वादिलो खाना तर शारिरिक कसरतको कमिका कारण मानिसहरु विभिन्न रोगको सिकार भैरहेका छन् । त्यसैले अहिलेका मानिसलाई शारिरीक र मानसिक तवरले स्वास्थ्य रहन खेलको एकदम ठुलो भुमिका रहेको हुन्छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, खेलको कुरा गर्दा बुदोकैदो नेपाली कराते खेल हो । २०३२ सालमा महा गुरु सागरमान श्रेष्ठ द्वारा नेपालमा सृजना भएको थियो भने यसको बैधानिक रुपले स्थापना भएको १५ बर्ष भयो । नेपाली मार्शल आर्ट बुदोकैदो खेल प्रशिक्षणको माध्यमबाट विद्यार्थी तथा सर्वसाधारणको शारिरिक तथा मानसिक विकास गरि सक्षम र अनुशासित नागरिक तयार गर्न मद्धत गर्दछ ।

    AGNI GROUP

    यस खेलमा नेपाली भाषाको प्रयोग गरिएको छ । नेपाली संस्कृति र परम्परालाई जिवन्त राखिएको पाइन्छ । खेल सुरुवात गर्दा शान्तिको प्रतिक बुद्ध भगवान र शक्तिको प्रतिक भैरव भगवानलाई सम्झिएर आराधना गरि खेलको सुरुवात गरिन्छ , भने खेलमा कुमारी नृत्य, भैरव नृत्य, महाकाल नृत्य, भाले जुधाई आदि ऐतिहासिक तथा धार्मिक नेपाली आस्था र कलाको प्रयोग गरिएको छ ।

    यस खेलमा बुद्ध जस्तै एकाग्र र शान्त भैई भैरवको जस्तो उग्र भएर आकमणको सामना गर्ने र सुरक्षात्मक पक्षको अवस्थालाई समेत प्रशिक्षणमा सामेल गराइएको छ । बुदो कै दो Budo Kai do Buddha body to give बुदोकैदोको अर्थ संस्कृतमा महान संघर्ष पथ हो भने The Way of the great warrior हुन्छ ।

    अग्रेजीमा यो खेल विश्वका ठूला ठूला २७ राष्ट्रमा स्वीकृति प्राप्त गरि खेलिदै आएको छ । यस खेलको विषेशता भनेकै यो नेपालीमै उत्पति गरिएको मार्सल आर्ट  र यसमा सवै नेपाली भाषानै प्रयोग गरिन्छ जस्तै सुरु गरौ, मुक्का, पछाडि, इश्वरलाई प्रार्थना आदि जस्तै शब्दहरु प्रयोग गरिन्छ । यस खेलमा प्रयोग हुने हतियारहरु पनि खुकुरी, हसिँया ढिकी, जातो, त्रिशुल जस्ता नेपाली हतियार प्रयोग हुन्छ भने यस खेल खेल्दा लगाइने पोषाकमा पनि नेपालको झण्डा रन्जना लिपि र लोगोमा पनि चन्द्र सुर्य अंकित रहेको छ ।

    यो खेल संसारको कुनै पनि कुनामा खेलिएर नेपालको झण्डा, नेपाली भाषा, नेपाली हतियार लगाएत नेपाली कला र संस्कृति पनि त्यही पुग्छ । विश्व सामु नेपाल नेपाली संस्कृति र भाषा चिनाउने एउटा दरिलो माध्यम हुन सक्ने  यस खेललाई नेपाल सरकारले पनि मान्यता दिएर प्रत्येक विद्यालयमा अरु मार्सल आर्टको सट्टा यस खेललाई मान्यता दिनुपर्ने लगाएत नेपाल आर्मी, प्रहरी लाई पनि अरु मार्संल आर्टको सट्टा यसलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

    विश्वको कुनै पनि राष्ट्रमा यो खेल खेलिएतानि यसको लागि कालो पेटी र प्रमाण पत्र लिन नेपालमै आउनु पर्ने पनि नियम रहेको छ । विदेशीहरु नेपाल आई नेपाल सरकार लाई राजश्व तिरेर मात्र यो खेलको आधिकारिक प्रमाण पत्र पाइने छ । ललितपुर जिल्ला भरिमा यस खेलको केन्द्र विन्दु ललितपुर महानगरपालिका वडा नं २६ मा रहेको एउटा प्रि स्कुलमा मात्र रहेको र ललितपुर जिल्ला भरिमा यसका एक मात्र गुरु श्री बिक्रम महर्जन रहेका छन् । आफ्नो परिवार प्रतिको जिम्मेवारी लाई एका तिर थाति राखी लगभग तिस बर्ष पहिले देखि यस खेलको विकास, प्रबद्र्धन र उत्थानमा लागि पर्नु भएको छ । उहाँलाई नेपाल सरकार बाट केही सहयोग छैन ।

    यसरी आफ्नो जिवन पुरै विश्व सामु नेपालको पहिचान गराउने खेल नेपाली मार्सल आर्ट बुदोकैदो मै लगाएर हिडनु भएका विक्रम महर्जनको आफ्नो बाल बच्चाहरुलाई पढाउन पनि धउधउ रहेको अवस्था छ । अचम्मको विढम्वना हो वा विग्रेको राजनिति बेल्जीयममा आर्मीहरुले हाम्रो नेपाली मार्सल आर्ट खेल खेल्दछन् तर नेपाली आर्मीहरुलाई भने विदेशी मार्सल आर्ट सिकाइन्छ ।

    - सुनिता खड्का

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट