
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । लगातार तीन दिनसम्म स्थिरजस्तै रहेको सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको भाउ आज एक हजार रुपैयाँले घटेर कारोबार भएको हो ।
बुधबार तोलाको ९४ हजारमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै गरि,आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij