Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रदेश नं १ मा २५३ सङ्क्रमित निको

प्रदेश नं १ मा २५३ सङ्क्रमित निको

  • काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।

    images
    images
    images

     यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको  रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार÷चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij