Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

भित्रिए प्राधिकरणका चार्जिङ स्टेसन

भित्रिए प्राधिकरणका चार्जिङ स्टेसन

  • काठमाडौं । नेपाल विद्युत् प्राधिरकरणले देशका विभिन्न भागमा राख्ने चार्जिङ स्टेसनको उपकरण नेपाल आइपुगेको छ । 

    images
    images
    images

    प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीकाअनुसार पहिलो चरणमा राखिने ५१ मध्ये २६ वटा चार्जर नेपाल आइपुगेका हुन् ।

    images

    चार्जिङ स्टेसनका लागि आवश्यक ट्रान्सफर्मरहरु पनि नेपाल आएर अहिले परीक्षण चलिरहेको ज्ञवालीले जानकारी दिए । ट्रान्सफर्मरहरुको जडान सुरु गर्ने र लगत्तै चार्जरहरु जडान गरेर सेवा दिन थालिहाल्ने प्राधिकरणले बताएको छ ।

    देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको प्राधिरकणले २ महिनाभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने लक्ष्य राखेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij