Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंकको एक करोड फस्यो

कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंकको एक करोड फस्यो

  • काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा राष्ट्रिय सहकारी बैंककाे एक करोड रुपैयाँभन्दा बढी फसेको छ । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकमा सहकारी बैंकको एक करोड १० लाख रुपैयाँ डुबेको हो ।

    images
    images
    images

    बैंक स्रोतका अनुसार फसेको रकममध्ये राष्ट्रिय सहकारी बैंकको कोहलपुर शाखाकाे ५० हजार रुपैयाँ रहेको छ । अर्को एक सहकारीले बैंकको नाममा ६० लाख रुपैयाँ जम्मा गरिदिएका कारण उक्त रकम पनि फसेको हो ।

    images

    राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख भनेपछि सहकारी बैंकले सबै शाखाहरूमा पत्राचार गरेर कारोबार नगर्न आग्रह गरेको थियो । तर, त्यो रकम भने कर्णालीलाई राष्ट्र बैंकले नियन्त्रणमा लिनुभन्दा केही दिन अगाडी राखिएको थियो ।

    ‘कर्णाली बैंकमा एक करोड १० लाख रुपैयाँ फसेको छ । अब कहिले आउने हो टुङ्गो छैन’, बैंक स्रोतले भन्यो ।

    नेपाल राष्ट्र बैंकले २०८१ मंसिर ११ गते मंगलबार कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको जानकारी दिएको थियो । बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको थियो । त्यसबेला निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।

    राष्ट्र बैंकले समस्यामा रहेको जानकारी दिएको एक महिनापछि (पुस १० गते) यस बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । अहिले यस बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा रहेको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij