
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तर्वार्ताका लागि समय लिन पाउने भएका छन् ।
अमेरिकाले एक महिना अगाडि विद्यार्थी भर्ना प्रक्रिया स्थगित गरेको थियो ।
अमेरिकाले केही सर्त थपेर विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको हो । जसअन्तर्गत विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्टलाई पब्लिक गर्न भनिएको छ । अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरूको सोच विचार र भावना गलत भएमा रोक्ने नीतिअन्तर्गत अमेरिकाले विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्टलाई पब्लिक गर्न भनेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij