
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ। आधा दर्जन एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा भरतबहादुर बोहोराको सरुवा भएको छ भने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई ल्याइएको छ ।
त्यस्तै लागूऔषध नियन्त्रण ब्यूरोमा विकासराज खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी र अपराध अनुसन्धान विद्यालयमा विष्णु केसीको सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij