
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधेखण्ड गए रातिदेखि बन्द भएको छ । बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सडक खण्ड बन्द भएको हो ।
सडक बन्द हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी बाटोमै थन्किएका छन् भने यात्रुले सास्ती बेहोरिरहेका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij