
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडाैँ । हत्या आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित सात जना पक्राऊ परेका छन् । सोही नगरपालिका वडा नम्बर ४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा पक्राउ परेका हुन् । जेठ १७ गतेदेखि बेपत्ता शाही २१ गते बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए।
पीडित परिवारले नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। त्यही जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । उनीहरुसंग अहिले सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।
किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेका बिष्टले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij