
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौँ । पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङले पाँचजना किसानका ८० भेडा मरेका हुन् भने झण्डै तीन सय भेडा हराएका छन् ।
शुक्रबार दिउँसो बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका पाँचजना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताए । उनका अनुसार बागजाले पाटनमा रहेका जम्मा ३ सय ८० वटा भेडामध्ये ८० वटा भेडा मरेको र बाँकी तीन सय भेडा बेपत्ता छन् ।
अप्ठ्यारो भीरका कारण हराएका भेडाको खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका पशु शाखाका प्राविधिक हरि कामीले बताए । उनका अनुसार किसानले बिमा नगरेका कारण ठूलो क्षति बेहोरेका छन् । खोजतलास जारी छ । ३ सय ८० भेडा मर्दा झण्डै चार करोड बढीको क्षति भएको अनुमान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij