Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

झम्सिखेलमा आजबाट नयाँ ट्राफिक लाइट सञ्चालनमा 

झम्सिखेलमा आजबाट नयाँ ट्राफिक लाइट सञ्चालनमा 

  • काठमाडौँ । झम्सिखेलमा आजबाट नयाँ ट्राफिक लाइट जडान गरि सञ्चालनमा ल्याइएको छ ।

    images
    images
    images

    काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं। ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो ।

    ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले आज उक्त नयाँ ट्राफिक लाइटको उद्‍घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रु मैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए । 

    कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij