Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

श्रीमतीको हत्या गरेर झुन्ड्याउने औसयद पक्राउ

श्रीमतीको हत्या गरेर झुन्ड्याउने औसयद पक्राउ

  • काठमाडौँ। श्रीमतीको हत्या गरेर झुन्ड्याउने औसयद महमद कवारी नामका एक जना तीन महिनापछि पक्राउ परेका छन् । उनकी श्रीमती २१ वर्षीया तराना खातुन आफ्नै घरको कोठामा पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

    images
    images
    images

    रौतहटमा गत चैत १० गते झुन्डिएको अवस्थामा महिला फेला परेको घटनामा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । चन्द्रपुर नगरपालिका– ९ डुमरियास्थित मुस्लिम टोलका औसयद महमद कवारी पक्राउ परेका हुन् ।

    images

    औसयदले तरानालाई घाँटी थिचेर मारेपछि पंखामा झुन्ड्याएको प्रहरीको दावी छ । सुरु आत्महत्या जस्तो देखिए पनि अनुसन्धानका क्रममा तरानाको श्रीमानबाट हत्या भएको पाइएको रौतहट प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij