Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

व्यवसायीको मन जित्दै ‘ई-बिलिङ्ग ’

व्यवसायीको मन जित्दै ‘ई-बिलिङ्ग ’

  • काठमाडौँ। सानातिना व्यवसायीलाई लक्षित गर्दै आफ्नो व्यवसायको कारोवार चुस्त दूरुस्त राख्न एसएमटेक टेक्नोलोजी प्रालिले विद्युतिय लेखा प्रणाली अर्थात  ई-बिलिङ्ग / ई-इन्भ्वाईसिङ्ग सफ्टवेयर बजारमा ल्याएको छ ।

    images
    images
    images

    आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरि एसएमटेक टेक्नोलोजी प्रालिले सो टेक्नोलोजीको सफट्वेयर बजारमा ल्याएको जानकारी दिएको छ ।

    images

    नेपाल सरकारको आन्तरिक राजस्व विभागले आगामी साउन १ देखि अनिवार्य रुपमा विद्युतिय लेखा प्रणाली ई-बिलिङ्ग मार्फत व्यवसायीक हिसाव किताव राख्नुपर्ने भनेर सूचना जारी गरेपछि, एसएमटेक टेक्नोलोजी प्रालिले सो टेक्नोलोजीको सफट्वेयर व्यवसायीको लागि उपयुक्त हुने दावीका साथ बजारमा ल्याएको जनाएको छ।

    ई-बिलिङ्ग /ई-इन्भ्वाईसिङ्ग सफ्टवेयरको प्रयोगबाट जस्तोसुकै व्यवसाय पनि फाइदामा जाने कम्पनीको दावी छ ।

    एसएमटेक टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक सुरेश पाण्डेका अनुसार सो कम्पनीले नेपालमा आइटि सिस्टम, प्वाइन्ट अफ सेल, बार कोड, लेखा प्रणालीका साथै मोवाइल एप समेतको विकास गरेको छ ।

    images

    सो सफ्टवेयर हालसम्म देशका होटल, सुपरमार्केट र मलहरुले प्रयोग गर्दै आएकामा अबका दिनमा रेष्टुरेण्ट, आइसक्रिम पार्लर, ब्युटी पार्लरलगायत साधारण किराना पसल, तरकारी विक्रेतादेखि पान पसले समेतले प्रयोग गर्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । 

    ई-इनभ्वाइस भनेको के हो ?
    ई-इनभ्वाइस एक निर्दिष्ट ढाँचामा इलेक्ट्रोनिक रुपमा डेलिभर गरिएको इनभ्वाइस हो । ई-इनभ्वाइसहरुले संरचित फारममा बीजक डेटा समावेश गर्दछ र स्वचालित रूपमा खरिद संस्थाको खाता भुक्तानी प्रणालीमा आयात गर्न सकिन्छ । तिनीहरूले सामान्यतया इनभ्वइस डेटाको दृश्य प्रस्तुतीकरण समावेश गर्दछ । यद्यपि, तिनीहरू अस्थायी रूपमा प्रशोधनको व्रmममा रेन्डर गर्न सकिन्छ वा भिजुअल ढाँचाहरूमा स्थानान्तरण गर्न सकिन्छ । 

    ई -इनभ्वाइसिङ /ई- बिलिङ एक द्रुत रूपमा  विस्तार भइरहेको प्रविधि हो । जहाँ धरै देशहरू पहिले नै यस क्षेत्रमा धेरै उन्नत छन्, धेरै संस्थाहरूले अझै पनि एउटा प्रणली वा सेवाको बारेमा निर्णय गरेका छैनन् । धेरै प्रदायकहरूले यस विषयमा समाधान र सेवाहरू प्रस्ताव गर्छन् । यस चरणमा, सही  सझेदार र समाधान चयन गर्नका लागि अद्यावधिक जानकारी र मार्गदर्शन हुनु महत्त्वपूण छ ।

     

    नेपालको सन्दर्भमा

    आन्तरिक राजश्व विभग (IRD)ले Point of sale मा अन्तत: लागू गर्ने उदेश्यले इलेक्ट्रोनिक बिलिङ प्रणलीमा दिशानिर्देश लागू गरेको छ ।

    इलेक्ट्रोनिक बिलिङ प्रणलीले इनटरनेटमा /कम्प्युटरमा Point of sale जडान गर्दछ, र प्रतेक पटक बिक्री गरिन्छ र बिक्री रसिद जारी गरिन्छ, लेनदेन वास्तविक समयमा करकर्ताद्वरा रेकड गरिन्छ । 

    यस सन्दर्भमा, नेपाल सरकारले सबै व्यवसायका लागि ई - इनभ्वाइसिङ /ई- बिलिङमा पनि ध्यान केन्द्रित गरेको छ । हाल नेपाल सरकारले १० करोड रुपैयाँ भन्दा माथिको वार्षिक कारोबार हुने कम्पनीले कम्व्युटरद्धारा निर्मित ई बिलिङ जारी गर्नुपर्ने र रेष्टुरेन्ट तथा होटल (अतिथ्य) क्षेत्रका लागि ५ करोडभन्दा बढी वर्षिक कारोबार भएका कम्पनिले ई - बिलिङ जारी गर्नुपर्ने नयाँ कानुन घोषणा गरेको छ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij