Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षले छाडे एमाले 

टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षले छाडे एमाले 

  • संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

    images
    images
    images

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्। २०७६ सालको उपचुनावमा नेकपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पार्टी विघटनभएसँगै नेकपा एमालेमा लागेका थिए।

    images

    नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको उनले बताएका छन्। उनले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आएका थिए। पार्टीले टिकट नदिएपछि रुष्ट भएका उनले पार्टी नै परित्यागको घोषणा गरेका हुन्। पोख्रेल नेकपा एमाले संखुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुन्। 

    images

    UML.jpg

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij