
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौं । काठमाडौं रानीबारी बस्ने सर्जु महर्जन नाम गरेका एक व्यक्तिले विभिन्न व्यवसायिक प्रयोजनका लागि महंगो मूल्यका क्यामेरा भाडामा लिएर गायब गर्ने गरेको पाइएको छ ।
क्यामेरा वा अन्य महंगा उपकरणहरु भाडामा दिने गरेका संस्था र व्यक्तिहरुबाट महर्जनले प्रक्रिया पूरा गरेर भाडामा लिने तर फिर्ता नगरी गायब गर्ने गरेको पाइएको हो ।
गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौंको थापागाउँ स्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४/७० को लेन्स साथै सोनी ब्राण्डको ७०/२०० एमएमको लेन्स लगायतका करिब १२ लाख बराबरको उपकरणहरु भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका संचालक विष्णु कल्पित घिमिरेले जानकारी दिए ।
महर्जनले अर्का एक जना अनोज पाण्डेबाट पनि ए–सेभेन एसथ्री क्यामेरा र २४/७० एमएमको लेन्च गरी ६ लाख मूल्य बराबरको उपकरण फिर्ता नगरेको पाइएको छ । त्यसअघि महर्जनले एक अर्का व्यक्तिको पनि क्यामेरा गायब बनाउने तयारी गरेपछि सामाजिक संजालमा सूचना सार्वजनिक गरेपछि १५ दिन पछाडि फिर्ता गरेको पाइएको छ ।
यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता युवराज खड्काले क्यामेराको विषय लेनदेनको विषय भएकाले स्थानीय तहका प्रहरी प्रशासनले हेर्ने बताए । सीआइबीले अपराधसँग सम्बन्धित मुद्दालाई मात्र अनुसन्धान गर्ने जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij