Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

साइबर क्राइम मुद्दामा अध्यक्ष पक्राउ

साइबर क्राइम मुद्दामा अध्यक्ष पक्राउ

  • काठमाडौं । प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार, चौधरीलाई बुटवलबाट पक्राउ गरिएको हो । 

    images

    बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । 

    images

    रुपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो ।

    चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij