Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन् । भोलिदेखि जापानको टोकियोमा सुरु हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्ततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेकी हुन् । मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउन्डेसन फर द वेलफेयर एन्ड एजुकेसन अफ द एसियन पिपुल) ले आयोजना गर्ने सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ ।
ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) सुरक्षित मातृत्व सञ्जाललगायत संघसंस्थामार्फत नेपाली महिलाको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी मन्त्री डा राणालाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij