
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित ३३ एसएसपीको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो ।
सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । हाल काठमाडौंमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई कार्यरत छन् ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij