Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका तर्फबाट उपमेयरको उम्मेदवारी फिर्ता

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका तर्फबाट उपमेयरको उम्मेदवारी फिर्ता

  • काठमाडौँ । चितवनको माडी नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएपछि एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । 

    images
    images
    images

    दुवै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    images

    १२ वैशाखमा उम्मेदवारी दर्ताको दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए ।

    images

    उम्मेदवारी फिर्ता कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएको नाताले तालमेलको भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताए ।

    उनले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताए । राप्रपाका तर्फबाट उपमेयरमा मदन पौडेलले उम्मेदवारी दिएका छन् ।

    सो कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पौडेलले आफू मेयरको आकांक्षी भए पनि पार्टीले निर्णय गरेकोले उपमेयरमा उम्मेदवारी दिएको बताए । पौडेल यसअघिको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेर पराजित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij