Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता

शिक्षकबाट राजीनामा नदिई उपमेयरमा उम्मेदवारी दर्ता

  • काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाको उममेयरको टिकट पाएर मनोनयन दर्ता गरेका तेजबहादुर खत्रीले शिक्षकबाट राजीनामा नदिएको खुलेको छ ।

    images
    images
    images

    स्थानीय तहको चुनावमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिसँगै निजामती कर्मचारी र शिक्षकहरूले पनि राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । तर शिक्षक खत्रीले राजीनामा नदिएरै उपमेयरमा उम्मेदवारी दर्ता गराएको पाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

    images

    नेपाली कांग्रेसबाट टिकट पाएर नलगाड नगरपालिकाको उपमेयरमा मनोनयन दर्ता गराएका खत्रीको राजीनामा स्वीकृत नभएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

    images

    नलगाड नगरपालिका–२ घर भएका खत्री त्रिभुवन मावि खलंगाका निमावि तहका स्थायी शिक्षक हुन् । उनले राजीनामा पत्र बुझाए पनि उनकी श्रीमतीले सनाखत नगर्दा राजीनामा स्वीकृत हुन सकेको छैन । खत्रीले १२ वैशाखमा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयमा राजीनामा पत्र लगेका थिए । तर श्रीमतीको सनाखत नभएका कारण तुरुन्तै सनाखत गरेर ल्याउन आग्रह गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको निर्वाचन कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij