Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

अब यी १० प्रकारको सामान विदेशबाट ल्याउन नपाइने (सूचीसहित)

अब यी १० प्रकारको सामान विदेशबाट ल्याउन नपाइने (सूचीसहित)

  • काठमाडौं । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको छ ।

    images
    images
    images

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो ।
    असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएका सामान निम्नअनुसार छन्–

    images

    १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
    २. सबै प्रकारका तयारी मदिरा

    images

    ३.चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)

    ४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)

    ५.मोबाइल सेट

    ६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

    ७.जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

    ८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

    ९. सबै प्रकारका खेलौनाहरु

    १०. खेल्ने तास

    मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij