
May 20 2025 | २०८२, जेठ ६ गते
रामेछाप । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रामेछाप नगरपालिकामा त्रिपक्षीय भिडन्त रोचक हुने भएको छ । रामेछाप नगरपालिकामा हिजो दर्ता भएको उम्मेदवारहरुमध्ये माओवादीको उम्मेदवार नरेशबाबु श्रेष्ठ, एमालेको उम्मेदवार रोशन पाख्रिन र कांग्रेसको उम्मेदवार लवश्री न्यौपानेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । श्रेष्ठ रामेछाप नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको साझा उम्मेदवार हुन् ।
देशभर पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेपनि जिल्लामा कांग्रेसका नेताहरु आफ्नो दम्भ देखाएको कारण त्रिपक्षीय भिडन्त हुने अवस्था आएको एक नेताले बताए । आफ्नो हैसियतभन्दा बढी कांग्रेसले भाग खोज्ने र अरुले जितेको वडामा आफूले दाबी गर्ने गरेको कारण रामेछापमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुन नसकेको नेताहरुले बताएका छन् । रामेछाप नगरको यी ३ वटै उम्मेदवार महत्व पूर्ण र क्षमतावान छन् । राजनीतिक समाजिक रुपमा पनि उतिकै सक्रिय यी उम्मेदवारहरु पछिल्लो समय रामेछाप नगरको दोस्रो मेयर बन्ने दाउँमा छन् ।
उम्मेदवारको राजनीतिक इतिहास
यी तीन उम्मेदवारमध्ये राजनीतिक रुपमा सबैभन्दा उच्च तहको नेतृत्व गर्ने नेता लवश्री न्यौपाने हुन् । उनी नेपाली कांग्रेस रामेछापको सभापति समेत भइसकेका छन् । लामो समयसम्म कांग्रेसको राजनीति गर्दै नेतृत्व तहमा रहेको न्यौपाने पछिल्लो अधिवेशबाट पूर्णबहादुर तामाङ सभापतिभएसँगै पेलानमा परेको कांग्रेस नेताहरु बताउँने गर्दछ ।
अर्को नेता नरेशबाबु श्रेष्ठ न्यौपाने कै वडाका उम्मेदवार हुन् । उमेरसँगै उनीहरु राजनीति अनुभवमा पनि सँगसँगै जस्तो छन् । रामेछाप जिल्लाको कम्युनिष्ट एक खम्बा स्वर्गीय नारायणबाबु श्रेष्ठको छोरा हुन् नरेशबाबु । पार्टी विभिन्न जवस मोर्चा रहेर काम गरेका छन् । रामेछाप र काठमाडौंका विभिन्न जवस मोर्चाको नेतृत्व गरेका उनी प्रष्ट वक्ता, पारदर्शी र इमान्दार समेत छन् । श्रेष्ठ अहिले माओवादी केन्द्र रामेछाप नगरपालिका समितिको उपाध्यक्ष छन् ।
त्यस्तै अर्को नेता रोशन पाख्रिन उमेरले कान्छा हुन् । उनी उमेरले मात्र कान्छा हैन । राजनीति अनुभवले पनि कान्छा हुन् । अघिल्लो निर्वाचनबाट सक्रिय राजनीतिमा आएका रोशन २०७४ को स्थनीय तहको निर्वाचनमा कांग्रेस नरबहादुर थापा मगरसँग थोरै मतले मात्र पराजित भएका थिए ।
स्पष्ट र पारदर्शी नेता
राजनीतिक र क्षमताको हिसावले तीन जना उतिकै क्षतावान छन् । तर, तुलनात्मक हिसावले सबैभन्दा नरेशबाबु श्रेष्ठ स्पष्ट र पारदर्शी छन् । आजसम्म उनले नेतृत्व गरेको हरेक क्षेत्रमा उनी पारदर्शी छन् । उनी आफूपनि लोभ नगर्ने र अरुलाई पनि गर्न नदिने स्वभावका छन् । त्यसैले उनी सहभागि रहेको हरेक क्षेत्रमा कमिसन खान पल्केका, लोभ लालच गर्नेहरु पहिले नै पछि हट्ने गर्दछन् । सबैसँग उस्तै व्यवहार गर्ने श्रेष्ठ कसैसँग पनि नराम्रो र नमिठो व्यवहार गर्दैनन् ।
उनी आफ्नोभन्दा सबैको, सबैलाई भन्ने भावना भएका छन् । लोभ लालचभन्दा माथि उठेका नरेश आफूले जिम्मेवारी लिएको काम उत्कृष्ट र सफल रुपमा सम्पन्न गर्दै आएका छन् । उनले अहिलेसम्म विद्यालय, सडक निर्माण लगायतको विकास निर्माणको नेतृत्व गरेका छन् । उनले नेतृत्व गरेको यी सबै क्षेत्रमा उनी सफल र पारदर्शी देखिएका छन् ।
जनतासँगै रहन चाहने श्रेष्ठ रामेछाप जिल्लाको नेताहरुमध्ये बढी माथिल्लो तहका नेताहरुसँग पहुँज राख्न सक्ने नेता हुन् । उनी राजीतिक वृतमा मात्र हैन । समाजिक र आर्थिक क्षेत्रका मानिसहरु तथा उद्योगीहरुसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको नेता हुन् । उनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रका उद्योगी व्यापारीहरुसँग पनि राम्रो सम्बन्ध राख्न सक्ने नेता हुन् ।
श्रेष्ठलाई एकीकृत समाजवादीले पनि साथ दिएका छन् । अघिल्लो निर्वाचनमा विवादकाबीच तेस्रो मत पाएको माओवादीले यो पटक सर्वसम्मत रुपमा श्रेष्ठलाई एम्मेदवार बनाएको कारण पनि उनी अरुभन्दा बलियो प्रतिस्पर्धी मानिन्छ ।
अघिल्लो निर्वाचनमा राम्रो मत ल्याएको पाख्रिनको पछिल्लो समय एमाले विभाजन भएको र भएको साथीहरु पनि टाडिएको कारण पहिलेकोभन्दा स्थिति अहिले कमजोर रहेको एमालेकै नेताहरुले बताउने गरेका छन् । उनी एनजिओको क्षेत्रमा काम गर्ने नेता भएको कारण पनि पछिल्लो समय रोशनसँग आश गर्ने युवाहरु उनलाई छोडेर हिड्न थलेका छन् ।
कांग्रेसको जिल्ला नेतृत्व समेत सम्हालेका न्यौपानेको नगरमा खासै प्रभाव नभएको कांग्रेसका नेताहरु बताउँछन् । अघिल्लो पटक नरबहादुर थापा मगरले जितेको र यो पटक कांग्रेसको संगठन निर्माण धेरै राम्रो भएको आंकल कांग्रेसको छ । जनजातिको बाहुल्यता रहेको र मगरको संख्या पहिलो रहेको नगरमा अघिल्लो निर्वाचनमा कांग्रेसले नरबहानदुर थापा उठाएपनि अहिले भने न्यौपानेलाई उठाएको छ ।
यी हुन् रामेछाप नगरका उम्मेदवार
कांग्रेसको तर्फबाट न्यौपानेसहित उपमेयरमा बालाकुमारी थापा कार्कीले उम्मेदवारी दिएकी छन् । वडा नं १ वडा अध्यक्षमा रेख बहादुर खत्री, वडा नं २ मा सुशिलहरि बख्रेल, वडा नं ३ मा दल बहादुर प्रधान, वडा नं ४ मा कृपा थापा मगर, वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ, वडा नं ६ मा राजेश तामाङ, वडा नं ७ मा समिर कार्की,वडा नं ८ मा सन्तोष तामाङ र वडा नं ९ मा दिर्घ बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । साथै ९ वटै वडाका वडा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट पाख्रिनसहित उपमेयरमा सिता केसी, वडा नं १ को वडा अध्यक्षमा शिव कार्की, २ मा विजय बुढाथोकी, ३ मा राम कुमार खत्री, ४ मा अमर तामाङ, ५ मा तुलसी श्रेष्ठ, ६ मा धन बहादुर खड्का, ७ मा धु्रव बस्नेत, ८ मा श्याम कुमार श्रेष्ठ र ९ मा देव श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । साथै ९ वटै वडाका वडा सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरमा श्रेष्ठ सहिते एकीकृत समाजवादीका उम्मेदवार ढालविक्रम कार्कीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफ्नो उम्मेदवारी दर्ता गराएको छ । १ मा बाबुराम कार्की र ७ मा सुर्य कार्की वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रबाट वडा नं २ मा निरबहादुर श्रेष्ठ, वडा नं ३ मा भक्त बहादुर प्रधान, वडा नं ४ मा जनकराज सुनुवार, वडा नं ५ मा तिलक तामाङ, वडा नं ६ मा मोतिलाल तामाङ, वडा नं ८ मा सरोज कटुवाल र वडा नं ९ मा चन्द्र बहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij