
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूतमा डीन आर थम्प्सन सिफारिस भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गरेका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रहेका थम्प्सन हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहेका छन् । थम्प्सन सन् २०२० देखि सन् २०२१ सम्म कार्यबाहक सहायक सचिव थिए ।
अंग्रेजीबाहेक रोमानियाली र बंगाली भाषामा दख्खल राख्ने थम्प्सनले भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतको रुपमा सेवा गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij