
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठक आज दिउसो ३ बजे बस्ने पार्टी निकट स्रोतले जनाएको छ । बैठकमा पार्टीको पछिल्लो अवस्थाको बारे छलफल हने जनाइएको छ ।
पार्टी निकट स्रोतका अनुसार राप्रपासँगको एकीकरणको विषयले अहिले पार्टीमा उग्र रुप लिएको छ । रवीन्द्र मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद छ ।
बैठकमा विवेकशील साझा पार्टीको हिजो बसेको केन्द्रीय समितिको वैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारवाही सदर गरेसँगै पार्टीमा विवादका बारे छलफल हुने बताइएको छ ।
विवेकशील साझा पार्टीको हिजो बसेको केन्द्रीय समितिको वैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारवाही सदर गरेसँगै पार्टीमा विवाद उत्पन्न भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij