Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भरतपुर महानगरको चर्चा

भरतपुर महानगरको चर्चा


  • चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले महत्वपूर्ण आयोजनाहरु अगाडि ल्याएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार भरतपुर महानगरपालिकाको प्रकाशकीय भवनको शिलान्याश गर्दै प्रचण्डले महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले महत्वपूर्ण आयोजनाहरु अगाडि ल्याएको बताएका हुन् । उनले भरतपुर महानगरपालिकाले विकासका दृष्टिले सिंगो देशलाई नै सन्देश दिएको दावी गरेका छन् । 

    images

    प्रचण्डले देशभर नै विकासको गतिमा भरतपुर महानगरपालिका तीव्र गतिमा गइरहेको छ भन्ने मान्यता स्थापित भएको बताउँदै भरतपुर महानगरले आफ्नो कार्यकालभरी नै विकासका दृष्टिले धेरै महत्वपूर्ण आयोजनाहरु अगाडि ल्याएको बताए । 
     

    उनले भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको र देशको मध्य भागमा रहेको महानगरले सिंगो देशलाई सन्देश दिइरहेको बताए । उनले भरतपुर महानगरपालिकाको देशभरी नै एउटा पहिचान बनेको बताउँदै भतरपुरको विकास मोडेल देश र देशबाहिर पनि चर्चित रहेको बताए । 

    भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरु दृढ इच्छाशक्ति र सकरात्मक सोचका कारणले पनि अहिले भरतपुर महानगरको विकास प्रक्रियाले तिब्रता पाएको उनको भनाइ थियो ।

    चितवन बन्नुपर्छ, भरतपुर बन्नुपर्छ भनेर नै आयोजनाहरु अगाडि बढेका बताउँदै जनप्रतिनिधिको हैसियतले आफूले पनि भूमिका खेलेको प्रचण्डको भनाइ छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij