Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

महिला टी–२० विश्वकप

टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग भिड्दै

एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो ।

  • काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।

    images
    images
    images

    आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    images

    यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिता बाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

    प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।

    प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

    सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij