Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा

  • काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा लागेका छन् । चीनको कुन्मिङ सहरमा हुन लागेको ‘इकोनोमिक कोअपरेशन एन्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन पौडेल अन्य नेताहरुसहित कार्गो विभानबाट चीनतर्फ लागेका हुन् । 

    images
    images
    images

    पौडेलसँगै एमाले नेताहरु काशीनाथ अधिकारी, मीनासिंह रखाल र पुष्प कँडेलसमेत कुन्मिङतिर लागेका छन् । 

    images

    त्यस कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ पनि सहभागी हुनेछन् । पौडेलले चीनमा रहँदा त्यहाँका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग गठबन्धन हुन सक्ने र त्यसका लागि ढोका खुला रहेको बताइसकेका छन् । 

    पछिल्लो समय एमाले र माओवादीका दोस्रो तहका नेताहरु संवादमा रहेको समाचार आएको छ । माओवादी नेता वर्षमान पुनले केही दिनअघि बुटवलमा त्यसको संकेत गरिसकेका छन्  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij