Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

सबै स्थानीय तहमा गठबन्धन गर्ने समाजवादीको दाउ

सबै स्थानीय तहमा गठबन्धन गर्ने समाजवादीको दाउ

  • काठमाडौ/ सत्ता गठबन्धनको तेस्रो ठूलो दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय र सबै तहका चुनावमा तालमेल गर्नुपर्नेमा जोड दिएको छ । गठबन्धन नभए आफूहरूको मात्र होइन कांग्रेस पनि अस्तित्व संकटमा पर्ने नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले बताए ।

    images
    images
    images

    बैठककै बीचमा पत्रकारहरूसँग कुरा गर्दै तुलाधरले गठबन्धनमा कोही साना वा ठूला दल नरहेको भन्दै सबैको अस्तित्व बराबर हुने बताए । तीनै तहका चुनावमा गठबन्धन नभए आफूहरू संकटमा पर्ने भन्दै तुलाधरले तर कांग्रेसलाई पनि गठबन्धन आवश्यक रहेको बताए ।

    images

    बैठकमा कांग्रेसभित्र चुनावमा एक्लै लड्ने मत राख्ने नेताहरूलाई समेत मनाएर चुनावमा सत्ता गठबन्धनलाई लैजानुपर्नेमा नेताहरूले जोड दिएका छन् । गठबन्धन गर्दा भन्दा नगर्दा फाइदा हुने केही कांग्रेस नेताको अनुसन्धान आफूले थाहा पाएको सम्मानीत नेता झलनाथ खनालले बैठकमा ब्रिफिङ गरेका थिए ।

    खनालले बैठकमा भने, ‘कांग्रेसमा दुई धार छ । गगन थापाहरू एक्लै जानुपर्छ भन्नेमा छन् । उनीहरूले अनुसन्धान गरेका रहेछन् । कांग्रेस एक्लै हिँड्यो भने १५५ सिट र गठबन्धनमा जाँदा ७० सिटमात्र जित्ने भन्ने रहेछ । ‘

    गठबन्धनलाई जसरी पनि तीनै तहका चुनावमा लैजानुपर्ने नेकपा एसको ठहर रहेको छ । कुन स्थानीय तहमा कसको शक्ति कति छ भन्ने वस्तुगत मुल्यांकन समेत पेश गर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

    नेपालले बैठकमा भने, ‘सकेसम्म गठबन्धन सबै ठाउँमा मिल्ने हो । नत्र जति ठाउँमा मिल्न सकिन्छ मिलेर जाने । अरुको पोजिसन पनि जानकारी राख्ने मुल्यांकन गर्ने । केही पार्टीलाई हामी नै जित्छौं भन्ने भ्रम छ,त्यो भ्रम तोड्नुपर्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij