Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

जिप र मोटरसाइकल ठोक्किदा १ को मृत्यु,१जना घाइते

जिप र मोटरसाइकल ठोक्किदा १ को मृत्यु,१जना घाइते

  • काठमाडौँ। पर्साको पटनी चौकमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भारतको पूर्वी चम्पारण बस्ने ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    बहुदरमाई नगरपालिका–५, पटनी बस्ने १९ वर्षीय रोशन कुमार बर्णवालको अवस्था गम्भीर रहेको र उपचार भइरहेको पर्सा प्रहरीले जानएको छ ।

    images

    डकैला चोकबाट पटनीतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो गाडी आपसमा ठोक्किएर दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।

    बहुदरमाई नगरपालिका अन्तर्गत महुवन नजिकै पटनी चौकमा शनिवार राती करिब साढे ९ बजे सवारी दुर्घटना भएको हो । सवारी दुर्घटनापछि दुवै साधन निर्माणाधीन नालीमा खसेपछि आगलागी भएको थियो ।

    सखुवाप्रसौनी गाउँपालिकाको वरुण यन्त्र (दमकल) घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो ।आगोले जिप पूर्णरूपमा क्षतिग्रस्त भएको छ । घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij