
May 18 2025 | २०८२, जेठ ४ गते
संसदबाट पारित भएको अमेरिकी सहयोग परियोजना एमसीसीका बिषयमा जनमानसमा रहेको भ्रम हटाउनका लागि नेपाली काँग्रेस ललितपुरले अन्तरक्रिया सम्पन्न गरेको छ । आइतबार ललितपुरको सातदोवाटोमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गाोबिन्दराज पोखरेलेले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई एमसीसी परियोजनाका बिषयमा महत्वपूर्ण जानकारीहरु सहित काँग्रेसको आधिकारिक धारणा वताएका थिए ।
काँग्रेस महामन्त्री गगन कुमार थापाले नेपालका कम्युनिष्ट पार्टीहरुमा मण्डले प्रवृति रहेकोले जनतामा भ्रम फैल्याएको वताएका छन्, महामन्त्री थापाले भने,‘प्रतिगामी प्रवृत्तिको मण्डलेहले प्रतिनिधित्व गर्छन् । अर्को प्रवृत्ति माले प्रवृत्ति छ, यो उत्तेजनाको प्रवृत्ति हो । यो माले, मसाले मण्डले एकै हुन् भनेर गिरिजाप्रसाद कोइरालाले किन भन्नुभएको रहेछ भनेर म सम्झिरहेको छु ।’
त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोबिन्दराज पोखरेलेले एमसीसी परियोजना एउटा विशुद्ध अनुदान भएको वताएका छन् । उनले भने, ‘एमसीसी परियोजनामा नेपालको एउटा मात्रै सरकार सहभागी छैन । यो लामो प्रक्रिया पार गरेर आएको एउटा बिशुद्ध अनुदान सहयोग हो । यसका बारेमा अनावश्यक टिप्पणी गर्नु आवश्यक छैन ।’
नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले ललितपुरमा काँग्रेसको संगठनलाई सशक्त रुपमा परिचालित गर्ने वताए । श्रेष्ठले भने,‘अहिले हामी अभिलेखिकरणको चरणमा छौं । गाउँगाउँमा रहेका टोल समितिहरुलाई प्रभावकारी रुपमा परिचचालित गरिनेछ। तेरो मेरो काँग्रेस हैन, हामी सबैको राम्रो काँग्रेस बनाउने अभियान सुरु गरेका छौं।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij