Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमालेले उपहास गरिरह्यो भने संसद किन चलाइरहने - गगन थापा

एमालेले उपहास गरिरह्यो भने संसद किन चलाइरहने - गगन थापा

  • काठमाडौं/ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । एमालेले संसद अवरोध गरिरहने र संवादका लागि नआउने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ ।

    images
    images
    images

    शनिबार काठमाडौंमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले बैशाखमा स्थानीय तहको चुनावपछि आम चुनाव गराउने बताए । उनले भने– ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ तर स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र ५ वर्ष सानदारसँग सरकार चलाएर देखाउँछौं ।’

    images

    २०७४ सालपछि काँग्रेसले चुनाव हारेपनि नेकपाको सरकार बनेको र ५ वर्ष नेपाली नागरिकले स्थीरताको लाभ पाउनुपर्ने पक्षमा कांग्रेस रहँदापनि बाध्यताले सरकारमा रहेको बताए । उनले प्रतिपक्षमा बसेर भूमिका खेल्छौँ भनेपनि अहिले काँग्रेस सरकारमा रहेको बताए ।

    उनले भने– ‘२०७९ सालमा कम्युनिष्ट पार्टीले नै निर्वाचन गर्नुपथ्र्यो । उनीहरुले आफ्नो घरमा आफैंले आगो लगाए । आगो लगाएर एकथरी देखाइदिन्छौं भन्दै खरानी धसेर निस्किए, अर्कोथरी मैले जिते भनेर खरानीको थुप्रोमै अट्टाहास गर्दै हासेर बसे । फेरि सरकारको जिम्मेवारी काँग्रेसकै काँधमा आयो । अरुलाई उचालिदिए पुग्छ, भत्काइदिए पुग्छ, हामीले सम्हानुपर्छ, बचाउनुपर्छ ।’

    कम्युनिष्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको उनले बताए । उनले महाधिवेशनछि पार्टीलाई विधिसंगत रुपमा अगाडि बढाइरहेको बताए । उनले भने– ‘पार्टीको अधिवेशनपछि हामीले पार्टीलाई शतप्रतिशत विधिसंगत तरिकाले चलाउने प्रयास गरिरहेका छौँ । पार्टीभित्र शतप्रतिशत एकता कायम गर्ने कोशिष गरिरहेका छौँ । पार्टीको अधिवेशनमा सामान्य प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धापछि पार्टी सञ्चालनको कुरालाई बिधिले डोर्याउनुपर्दछ भन्ने कुरामा एक ठाउँमा उभिएका छौँ । पार्टी सभापतिको हातलाई बलियो बनाउनुपर्छ । पार्टी सभापति संस्थाको प्रमुख भएकोले पार्टीलाई डोर्याउनुपर्छ । पार्टीभित्रको भागवण्डाको जुन काम हिजोदेखि चल्दै आयो त्यो बन्द गर्नुपर्छ भनेर एक ठाँउमा उभिएका छौँ ।’

    उनले पार्टीको भातृसंस्था र शुभेच्छुकहरुको संगठनलाई क्रियाशील पनि बनाउने, एकरुपता ल्याउने, भातृ संगठनहरुलाई पनि अलि स्वतन्त्र ढंगले, स्वायत्त ढंगले सञ्चालन हुने वातावरण बनाउने, शुभेच्छुक संस्थाको सन्र्दभमा त पार्टीको सम्बन्धलाई एकदम पवित्र राख्नुपर्छ भन्ने कोणबाट अगाडि बढिरहेको बताए । उनले निजामती युनियनमा काँग्रेसको तर्फबाट कोही गुटबन्दी गर्न आउँछ भने त्यसलाई ढोका बन्द गरिदिन आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij