
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गर्न थालेपछि ८ मिनेट बसेर स्थगित भएको हो ।
माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै एमालेले अवरोध गरेको हो । नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे ।
लगत्तै सभामुखले प्रतिनिधि सभाको अर्को बैठक यही फागुन २२ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । एमालेले २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij